सुर्खेत । वीरेन्द्रनगरबाट चेक अनादर मुद्दामा फरार रहेका एकजनालाई प्हरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ बस्ने अन्दाजी बर्ष ४६ का धर्मराज सिंह रहेका छन् ।
उच्च अदालत सुर्खेतको लागत न. २९९३ मा १ महिना कैद र नगद २ हजार रुपैयाँ, लागत न. ००१२३ मा ३ महिना कैद र नगद ३ हजार रुपैयाँ, लागत न. ००२३७ मा नगद २ हजार रुपैयाँ जरीवाना तोकिएको चेक अनादर मुद्दामा उनी फरार रहेका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ३ जनाको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेको छ ।
संवाददाता । बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित