सुर्खेत । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा सल्यानका जीतबहादुर शाह नियुक्त भएका छन् । कर्णाली प्रदेशको सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शाहलाई सदस्यमा नियुक्त गरेको हो ।
शाह नेपाल सरकारको पूर्वउपसचिवसमेत हुन् । २८ वर्ष शिक्षा सेवामा रहेर काम गरेका उनले १० वर्ष शिक्षण पेसामा आबद्ध थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्णाली प्रदेश योजना आयोग ९गठन तथा कार्य सञ्चालन आदेश० २०७५ को दफा ३ को उपदफा २ को खण्ड ग बमोजिम आयोगको सदस्यमा नियुक्त गरिएको जनाएको छ ।
शाहले काठमाडौं विश्वविद्यालयबाट शैक्षिक नेतृत्व विषयमा एमफिल गरेका छन् ।
संवाददाता । बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित