सुर्खेत । सुर्खेतमा मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने नेपाल कम्युनिस्ट पार्टी विप्लवका सुर्खेत इन्चार्ज गणेश बोगटी सहित ३ जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
बिहिबार सुर्खेतको नेता चोकमा मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) लागु हुने विषयलाई लिएर विप्लबका कार्यकर्ताले एमसीसी लेखेको लोगो जलाएर बिरोध प्रदर्शन गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी विप्लब जिल्ला कमिटी सुर्खेतको आयोजनामा जिल्ला इन्चार्ज बोेगटि सहितका लगभग १७ जनाको टोलीले एमसीसीको लोगो जलाउदै विरोध प्रदर्शन गरेका हुन् ।
एमसीसीको लोगो अंकित कागज नियन्त्रणमा लिएपछि आन्दोलित टोली उग्र भएको थियो । प्रहरी र विप्लब कार्यकर्ताबीच दोहोरो विवाद हुँदा विप्लब सुर्खेतका इन्चार्ज बोगटी सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
संवाददाता । बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित