सुर्खेत । सुर्खेतमा गौ हत्या विरुद्धमा विरोध प्रदर्शन गरिएको छ ।
संविधानले नै गाईको हत्या गर्नु अपराध भनेको छ । साथै नेपाल राष्ट्रिय जनावर र हिन्दु धर्मावलम्बीहरुले माताका रुपमा पुज्ने गाईको हत्या गरिएको विषयमा कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा विरोध प्रदर्शन गरिएको हो ।
वौदिक सनातन धर्म सेवा समिती सुर्खेतको आयोजना र ॐ कार परिवार धार्मिक संघ संस्थाको समन्वयमा यो विरोध प्रदर्शन गरिएको हो । देशव्यापी रुपमा अहिले गौ हत्यका विषयमा विरोध प्रदर्शन भइरहेका छन् । राष्ट्रिय जनावर तथा हिन्दुहरुको माता गाईलाई संरक्षण गर्न तथा गौ हत्या जस्तो अपराधिक कार्यलाई पूर्ण रुपमा बन्द गराउन दवाव दिने उदेश्यले सुर्खेतमा गौ हत्या विरुद्धमा प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।
गौ हत्या विरुद्धमा सुर्खेतमा गरिएको प्रदर्शनका तस्बिरहरु हेर्नुहोस्ः
संवाददाता । शनिबार, भदौ ०९, २०८० मा प्रकाशित