Karnali Media
२०८३ जेठ २८ , बिहीबार

राष्ट्रिय युवा संघ कर्णालीको अध्यक्षमा दैलेखका जीवन शाही



सुर्खेत । दैलेखका जीवन शाही राष्ट्रिय युवा संघ कर्णालीको अध्यक्षमा चयन भएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा भएको नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पहिलो प्रदेश अधिवेशनले दैलेखका शाहीलाई अध्यक्षमा सर्वसम्त चयन गरेको हो।

पहिलो अधिवेशनबाट उपाध्यक्षमा कालिकोटका गणेश शाही, सचिवमा सुर्खेतका पिटर चुनारा, सह(सचिवमा जुम्लाका बद्री बोहोरा र सल्यानका नवराज शाही र कोषाध्यक्षमा हुम्लाका मोहन बुढा चयन भएका छन् ।


राष्ट्रिय युवा संघ कर्णाली प्रदेशको पहिलो अधिवेशन यहि भदौ ६ गतेबाट सुरु भएको थियो । अध्यक्षका लागि शाहीसँगै चार जनाको दाबी रहेको थियो। दावी गर्नेमा जाजरकोटका लोकेन्द्र गौतम, सुर्खेतका कमल खड्का र कमल विसी रहेका थिए।

प्रकाशित मिति : २०८० भदौ १० गते आइतबार