Karnali Media
२०८३ जेठ २८ , बिहीबार

सुर्खेत आएका विप्लवले प्रचण्डलाई देखाउँदै भने, अर्को क्रान्ति पुन: आवश्यक छ



सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री प्रचण्डलाई देखाउँदै देशमा पुन: अर्को क्रान्ति आवश्यक रहेको बताएका छन् ।

बिहीबार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले एमसीसी जनताको हितमा नभएको दाबी गरेका हुन् ।

महासचिव विप्लवले दलाल पुँजीपतिले नेपाललाई गम्भीर मोडमा लगिरहेको बताए । उनले क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षाका लागि कम्युनिस्ट पार्टीहरु एक ठाउँमा उभिनुपर्ने बताए ।


महासचिव विप्लवले कम्युनिस्ट पार्टीहरु समाजवादी मोर्चामा आउनुपर्ने बताएका हुन् । उनले अहिलेसम्म कसैको अधीनमा नरहेको नेपाललाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास भइरहेको बताए ।

भिडियोमा हेर्नः

प्रकाशित मिति : २०८० भदौ १४ गते बिहीबार