सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा संचालनमा रहेको नगर माइक्रोबसको भाडा बढेको छ । यसअघि २० रुपैयाँ भाडादर रहेकोमा भाडादर बढेर ३० रुपौयाँ पुगेको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा असार १ गतेदेखि नगर माइक्रोबस सेवा सञ्चालनमा आएको थियो । माइक्रोबसमा धुलियाबिटदेखि बाङ्गेसिमलसम्मको भाडादर २० रुपैयाँ रहेको थियो । तर नेपाल आयल निगमले पटक पटक इन्धनको मुल्य बढाएको भन्दै संयुक्त यातायात व्यबस्थापन समितीले भोली भदौ १६ गतेबाट लागु हुनेगरि १० रुपौयाँ भाडा वृद्धि गरेर ३० रुपैयाँ बनाएको छ ।
नगर माइक्रोबस धुलियाबिट, एयरपोर्टचोक, मंगलगढीचोक, यरिचोक, मुलपानी, प्रदेश अस्पताल, हिलेखाली हुँदै बाङ्गेसिमलसम्म पुग्ने र सोही रुटबाट फर्कने गर्दछ ।
संवाददाता । शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित