नेपाल क्रिकेट संघ (क्यान)को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का विजयी भएका छन्।
शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै भारी मतले हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन्।
काठमाडौं जिल्ला सदस्यमा निर्वाचित भएसँगै उनका लागि बागमती प्रदेशको पदाधिकारी चुनिने बाटो खुलेको थियो।
त्यसलगत्तै उनले काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर गरी चार जिल्लाका पदाधिकारीहरूसँग मिलेर संयुक्त प्यानल बनाएका थिए।
सोही प्यानलअनुसार खड्काले शुक्रबार भएको अधिवेशनमा अध्यक्षमा निर्वाचित भएका हुन्।
संवाददाता । शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित