Karnali Media
२०८३ असार १८ , बिहीबार

जुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु



जुम्ला । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

भे १ ज १०९९ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । मृतकको पहिचान भने हुन सकिरहेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।


प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार