सुर्खेत । किक वक्सिङ्ग संघ सुर्खेतको अध्यक्षमा विनोद गिरी सर्वसम्मत चयन भएका छन् । सोमबार किक वक्सिङ्ग संघ सुर्खेतको १३ सदस्यीय कार्यसमिती र तीन सदस्यीय सल्लाहकार समिती गठन चयन गरिएको छ ।
किक वक्सिङ्ग संघ सुर्खेतको अध्यक्षमा विनोद गिरी, उपाध्यक्षमा अजय गुरुङ्ग, कृति गुभाजु शाक्य, रवि मल्ल, सचिवमा ज्ञानेन्द्र भण्डारी, सहसचिवमा यामराज शाही, कोषाअध्यक्षमा सुरेश गुरुङ्ग, सदस्यहरुमा लेखत शाही, दिपेन्द्र बुढाक्षेत्री, नरेश बुढाथोकी, नेत्र चौधरी, हरी थापा मगर र प्रकाश पन्त चयन भएका छन् ।
यस्तै किक वक्सिङ्ग संघ सुर्खेतको तीन सदस्यीय सल्लाहकार समिती पनि गठन भएको छ । जसमा तेजु गुरुङ्ग, सोना माया थापा र राम बहादुर भुषाल रहेका छन् ।
संवाददाता । सोमबार, भदौ १८, २०८० मा प्रकाशित