भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव अनुमोदन गरेको छ । भारतले नेपालबाट बिजुली किन्न उक्त प्रस्ताव स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा. शंकप्रसाद शर्माले बताए ।
यसअघि गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा गरेको सम्झौतालाई नै त्यहाँको मन्त्रिपरिषदले अनुमोदन गरेको हो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दीर्घकालीन विद्युत व्यापारका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो ।
भारतको उक्त प्रस्तावले नेपालको ऊर्जा विकासमा नयाँ रोडम्याप तयार हुने शर्माको भनाइ छ । ‘भारतको यो प्रस्तावले नेपालको ऊर्जा विकासमा नयाँ रोडम्याप तयार हुने छ,ु शर्माले भनेका छन् ।
भारतको निर्णयपछि ऊर्जामार्फत् हुने नेपालको आर्थिक विकासमा महत्वपूर्ण आर्थिक विकास तथा पुनर्संचरनामा सहयोग पुग्ने शर्माले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले नेपालले पूर्वाधार बढाउने र नेपाललाई बढी भएको बिजुली बेच्ने निर्णय अब विस्तारै कार्यान्वयनमा जाने बताए ।
‘नेपालले उत्पादन गर्ने र यहीँ खपत गर्ने पहिलो प्राथमिकता हो । बढी भएको बिजुली बेच्दै जाने भएकोले उत्पादन पनि बढाउने भन्ने विषय महत्वपूर्ण हो, उनले भने, ‘नेपालले उत्पादन बढाउँदै जाँदा कुनै वर्ष १ हजार त कुनै वर्ष ५ हजार मेगावाट बिजुली निर्यात गर्ने हुन सक्छ ।’
संवाददाता । मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित