Karnali Media
२०८३ असार ९ , मंगलबार

आजकाे माैसम कहाँ–कस्ताे ?



नेपालमा हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भूभाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भूभाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

साथै बंगालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा  हेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।


आज दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी र बागमती प्रदेशसहित अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशीसहित अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८० भदौ २० गते बुधबार