सुर्खेत । सुर्खेतमा पत्रकारिता गर्दै आएका पत्रकार चिन्तामणी कंडेलले आफ्नो जन्मदिनको अवसरमा अक्षयकोष स्थापना गरेका छन् ।
नेपाल प्रेस युनियन सुर्खेत शाखाबाट वितरण हुनेगरी पत्रकार कंडेलले १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । पत्रकार कंडेलले उक्त अक्षयकोषमा जम्मा गर्ने गरी एक लाख ११ हजार एक सय ११ रुपैयाँको चेक प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन विसीलाई हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरणपछि बोल्दै उनले उक्त अक्षयकोषबाट प्रत्येक बर्ष एकजना क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने समेत बताए ।
संवाददाता । शनिबार, भदौ २३, २०८० मा प्रकाशित