Karnali Media
२०८३ असार १८ , बिहीबार

पेट्रोलमा १ रुपैयाँ र डिजेलमा ३ रुपैयाँले मूल्य बृद्धि



सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको रु ३ रुपैयाँ मूल्य बृद्धि गरिएको छ ।


यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मुल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज र नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : २०८० भदौ २९ गते शुक्रबार