सुर्खेत । जन नमुना माद्यामिक विद्यालय सुर्खेतका युवा रेडक्रसका पदाधिकारी र शिक्षकहरुले सुर्खेतको मानवसेवा आश्रममा मुठ्ठी दान सहयोग गरेका छन् ।
शनिबार जन नमुना माध्यामिक विद्यालयमा रहेको युवा रेडक्रस सर्कलले मानवसेवा आश्रमलाई मुठ्ठी दान सहयोगबाट विभिन्न सामाग्रीहरु सहयोग गरेका हुन । जन नमुना माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीबाट मुठ्ठी दान सहयोग संकलन गरेर मानवसेवा आश्रममा विभिन्न खाध्यान्न तथा अन्य सामाग्री हस्तान्तरण गरेको युवा रेडक्रस सर्कलका किरण अधिकारीले जानकारी दिए । विद्यालयबाट नै विद्यार्थी र युवाहरुको नेतृत्वमा नै समाजमा सकारात्मक परिवर्तन गर्न सकिने र युवाहरुले नै मानसेवामा लाग्नुपर्ने अध्यक्ष अधिकारीको भनाइ छ ।
मानवसेवा आश्रमलाई सहयोग हस्तान्तरण कार्यक्रममा विद्यार्थी, विद्यालय परिवार र रेडक्रस सर्कलका शिक्षक नायक देव प्रकाश सापकोटा र सह–प्रधानाध्यापक शसिधर खनालको सहभागिता रहेको थियो ।
संवाददाता । शनिबार, भदौ ३०, २०८० मा प्रकाशित