Karnali Media
२०८३ भदौ २१ , आइतबार

दैलेखको ठाटीकाँधमा सर्पले टोकेर किशोरीको मृत्यु



दैलेख। दैलेखको ठाटीकाँध गाउँपालिकामा सर्पले टोकेर एक किशोरीको मृत्यु‌ भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–१ नुवावनकि १८ वर्षीय कल्पना शाही रहेकी छन्।


आइतबार बेलुका घरमा सुतिरहेको बेला उनलाई सर्पले टोकेको थियो । घरमा आमा र उनी मात्र थिइन् । सर्पले टोकेपछि झारफुक गर्दा पनि सन्चो नभएपछि अस्पताल लिँदै गर्दा उनको मृत्यु भएको हाे । अहिले उनको शव पोष्टमार्टमका लागि दुल्लु अस्पतालमा लगिएको छ।

प्रकाशित मिति : २०८० असोज १ गते सोमबार