सुर्खेत । आज हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको दिन सुर्खेतको वीरेन्द्रनगरका विभिन्न स्थानमा तीजको रौनकता देखिएको छ । विहानैदेखि सुर्खेतका शिवालयहरुमा महिला भक्तजनहरुको बाक्लो भिड रहेको थियो ।
अहिले पनि विभिन्न स्थानमा तीजका गीतहरु घन्किरहेका छन् । भने नाचगान पनि भइरहेको देख्न पाइन्छ । वीरेन्द्रनगरको घण्टाघर नजिकको खुल्लामञ्चमा पनि तीजको रौनकता देखिएको छ । अहिले यस क्षेत्रमा धेरैजसो महिलाहरुको उपस्थिती रहेको छ । तीज सद्भावना कार्यक्रम संगै यस क्षेत्रमा तीज विशेष कार्यक्रम पनि भइरहेको छ । वीरेन्द्रनगरका विभिन्न स्थानमा तीजको दिनमा देखिएको रौनकता तलको तस्बिमा हेर्नुहोस् ।
संवाददाता । सोमबार, असोज ०१, २०८० मा प्रकाशित