दैलेख । दैलेखको महाबुमा चट्याङमा परि एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाबु गाउँपालिका ३ का १६ बर्षिया किशोर दाहाल रहेका छन् । यस्तै चट्याङमा परि घाइते भएका ८ जनाको अवस्था गम्भिर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक दिपक सिंह बिष्टका अनुसार आज सोमबार बेलुका करिब ६ बजेको समयमा महाबु गाउँपालिका ३ को एक्लेसल्लोमा चट्याङ परेको हो । चट्याङमा सोही स्थानमा रहेको महाबै मन्दिरमा तीजको नाँच हेरी पर्कदै गरेका नौ जना घाइते भएका थिए । गम्भिर घाइते भएका किशोर दाहालको मृत्यु भएको छ ।
यस्तै घाइते हुनेमा महाबु गाउँपालिका ३ बस्ने बर्ष १२ का आशिष विष्ट, बर्ष ५५ का लाल बहादुर बिष्ट, बर्ष ३२ का नगेन्द्र बिष्ट, बर्ष १५ कि रक्षा बिष्ट, बर्ष १६ का भरत नेपाली, बर्ष १६ का हर्क नेपाली र बर्ष १२ का सन्दिप बुढा रहेका छन् । घाइते मध्ये ७ जनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ । साथै गम्भिर घाइते लाल बहादुर बिष्टको उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ ।
संवाददाता । सोमबार, असोज ०१, २०८० मा प्रकाशित