Karnali Media
२०८३ जेठ २५ , सोमबार

दुल्लुमा चट्याङमा परि एक बालिका घाइते



दैलेख । दैलेखको दुल्लु नगरपालिका ८ मा चट्याङ लागेर एक बालिका घाइते भएकी छन् । द्वारीचाखाको एक घरमा चट्याङ पर्दा अन्दाजी बर्ष १५ की बिष्ना बिष्ट घाइते भएकी हुन ।

घरमा बसिरहेको अवस्थामा चट्याङ पर्दा घाइते भएकी बिष्ना बिष्टको हाल दुल्लु अस्पतालमा उपचार भइरहेको दुल्लु नगरपालिका ८ का वडाअध्यक्ष सुशिल कुमार भण्डारीले जानकारी दिए । उनका अनुसार चट्याङले घर र विजुलीको तारमा समेत असर गरेको छ । साथै चट्याङले पारेको क्षतीको मुचुल्का बनाएर राहातका लागि पहल गर्ने वडाअध्यक्ष भण्डारीको भनाइ छ ।


पछिल्लो समय दैलेखका विभिन्न ठाउँमा चट्याङले क्षती पुराइरहेको छ ।

प्रकाशित मिति : २०८० असोज १ गते सोमबार