सुर्खेत । संविधान दिवसका अवसरमा युवाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्लेईङ्ग फर चेन्जको आयोजनामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
नेपालको संविधान २०७२ को कार्यान्वयनको अवस्था र युवाहरुका सवालमा यो कार्यक्रम केन्द्रित भएको थियो । कार्यक्रममा मुख्य वक्ताको रुपमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत एकराज चौंलागाई, मध्यपश्चिम विश्वविधालय स्कुल अफ ल का सहप्रध्यापक पृथ्वीनाथ राई, नेपाली काँग्रेसका नगर सभापती उपेन्द्र खड्का, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मदन पंगालीको सहभागिता रहेको थियो । वक्ताहरुले नेपालको संविधान र युवाहरुमा विषयमा रहेर समसामयिक अवस्थाको बारेमा आफ्नो धारण राखेका थिए । साथै युवा सहभागिता, युवाका सवाल र संविधानमा युवाका हक अधिकारका बारेमा पनि वक्ता र युवाहरुबीच छलफल भएको थियो । युवाहरुसंग अन्तरक्रिया कार्यक्रमको अध्यक्षता प्लेईङ्ग फर चेन्जका संस्थापक अध्यक्ष प्रकाश खड्का र कार्यक्रमको संचालन प्लेईङ्ग फर चेन्जका उपाध्यक्ष राजेन्द्र अधिकारीले गरेका थिए ।
कार्यक्रममा कर्णालीका ७ जिल्लाका प्रतिनिधि युवाहरुको सहभागिता रहेको थियो । उनीहरुले कर्णालीमा युवाको अवस्थाबारे आफ्नो धारणा र अनुभव सुनाएको थिए ।
संवाददाता । बुधबार, असोज ०३, २०८० मा प्रकाशित