Karnali Media
२०८३ असार १८ , बिहीबार

क्यान अध्यक्षमा चन्द निर्विरोध निर्वाचित, सचिवको लागि निर्वाचन हुने



नेपाल क्रिकेट संघ (क्यान) अध्यक्षमा चतुर बहादुर चन्द सहित ३ पदमा निर्विरोध निर्वाचित भएका छन् ।

शनिवारको साधारणसभामा अध्यक्षका अर्का उम्मेदवार विनय राज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन् ।


उपाध्यक्षमा रोशन कुमार सिंह र कोषाध्यक्ष पदम बहादुर खड्का समेत निर्विरोध निर्वाचित भए ।

क्यान शिर्ष ४ मध्ये ३ पद निर्विरोध भएको हो । सचिव र सदस्यमा निर्वाचन हुने भएको छ । सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्लबीचमा निर्वाचन हुनेछ ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिबार