सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा प्रथम देउती बज्यै टु शहिद पार्क हाफ म्याराथन २०८० सञ्चालन हुने भएको छ ।
भोली बुधबार विश्व पर्यटन दिवशको अवसरमा प्लेइङ फर चेन्जको आयोजनामा कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसंगको सहकार्यमा साथै वीरेन्द्रनगर नगरपालीका र श्री भैरम सामुदायिक वन उपभोक्ता समुहको समन्वयमा प्रथम देउती बज्यै टु शहिद पार्क हाफ म्याराथन २०८० हुन लागेको हो । कर्णाली प्रदेशमा नै पहिलो पटक पर्यटन प्रर्वद्धनका साथै खेलकुद क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले हाफ म्याराथन गर्न लागिएको प्लेइङ फर चेन्जका संस्थापक अध्यक्ष प्रकाश खड्काले जानकारी दिएका छन् ।
हाफ् म्याराथन हुने रुट देउती बज्यै मन्दिर देखि शहिद पार्कको तल्लो गेट सम्म रहेको छ । खुल्ला म्याराथनमा प्रतियोगिमा सहभागि हुन इच्छुक खेलाडीले बुधबार बिहान ६ः३० बजे देउती बज्यै मन्दिरको गेट अगाडि नाम दर्ता गराउन सक्नेछन् । साथै म्याराथन विजेतालाई आकर्षक उपहारको व्यवस्था रहेको पनि आयोजकको भनाइ छ ।
संवाददाता । मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित