Karnali Media
२०८३ भदौ २० , शनिबार

नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य



एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोड्यो।

नेपालका कुशल मल्लले एक सय ३७, रोहित पौडेलले ६१ र दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाए। नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ।

यसअघि कुनै पनि टोलीले २ सय ७८ रनसम्म बनाएका थिए।


यस्तै नेपालका दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा टी(-अर्धशतक पुरा गर्ने ब्याट्सम्यान बनेका छन्। उनले १० बलमै अर्धशतक पुरा गरेका थिए। कुशल मल्ल पनि सर्वाधिक कम बलमा शतक पुरा गर्ने विश्व कीर्तिमान बनाउन सफल भएका छन्।

उनले ३४ बलमा शतक पुरा गरे। यसअघि ३५ बलमा शतक पुरा गरेको विश्व कीर्तिमान थियो।

प्रकाशित मिति : २०८० असोज १० गते बुधबार