Karnali Media
२०८३ असार १८ , बिहीबार

वीरेन्द्रनगरको उषा माविको होस्टेलमा कक्षा २ मा पढ्ने विद्यार्थी झुण्डिएको अवस्थामा भेटिए



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको उषा बालबाटिका माध्यामिक विद्यालयमा कक्षा २ मा अध्यायनरत विद्यार्थी झुण्डिएको अवस्थामा फेला परेका छन् ।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका –१ स्थायी घर भएका कक्षा २ मा अध्यायनरत सलाम पुलामी मगर होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका हुन । अहिले उनका आफन्तहरु विद्यालयमा आइपुगेका छन् । आफन्तहरुले बालकको शव उठाउन नमानेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । शुक्रवार साँझ झुण्डिएको अवस्थामा बालक फेला परेका थिए ।


बालकको मृत्यु शंकास्पद भएको भन्दै आफन्तहरुले होस्टेल घेराउ गरी शव उठाउन दिएका छैनन् । जसका कारण पोष्टमार्डम नसकेको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० असोज १३ गते शनिबार