सुर्खेत । सभामुख माथि कार्बाही गर्ने एमाले को निर्णय स्वागत योग्य भएको स्वास्थ्यकर्मी संघ का नेता चेतन जैसी बताएका छन ।
एमसीसीका बारेमा अब नेकपा एमाले का युवा नेताले पनि आफ्नो मुख खोल्न थालेका छन । यसै क्रममा स्वास्थकर्मी संघ नेपाल कर्णाली प्रदेस कमिटी सदस्य चेतन जैसी ले पनि आफ्नो आवाज बुलन्द गरेका छन् ।
उनले पत्रकारसँगको कुराकानीमा एमसीसी कुनै हालतमा पास नहुने र पूर्णरुपमा असफल हुने हुने दाबी गरेका छन ।
यतिमात्रै हैन जैसी ले सभामुखलाइ अविश्वासको प्रस्ताव ल्याएर हटाउने निर्णय मा एमालेको समर्थन भएको उल्लेख गरेका छन्। उनले एमसीसीलाइ राजनितिकरण गरेर सदनमा पेश गरिएपनि यो फेल हुने र यसको विपक्षमा दुइतिहाइ संसदले मतदान गर्ने खुलासा गरेका छन् ।
एमसीसीलाई नेपाली जनताले अस्विकार गरिसकेकाले दुइ चार जनाले भन्दैमा एमसीसीको पक्षमा जनता नरहेको उनको भनाई छ ।
एमसीसी आफैमा इन्डोप्यासेफिक रणनीति अन्तर्गत पर्ने भएकाले यो नेपाल नेपालीको हित अनुकुल नरहेको समेत जैसी ले बताएका छन् ।
सहयोग अनुदान भए जबरजस्ती पास गर्नपर्छ किन भनियो ? यसर्थ बाहिर सडकमा जनता आन्दोलनमा उत्रिएका विभिन्न अनेरास्ववियु संगठनहरू आक्रोशित भएका बेला एमसीसीलाइ प्राथामिकता दिनु र अगाडि बढाउन खोज्नु नेपालको लागि गम्भीर हुने भन्दै अहिले चुनाव केन्द्रित भएका दलहरुलाई यसले चुनावमा असर हुने उनको दाबी छ र एमाले एमसिसी को पुर्ण विरुद्ध मा रहेको छ ।
संवाददाता । आइतबार, माघ २३, २०७८ मा प्रकाशित