Karnali Media
२०८३ भदौ २० , शनिबार

सुदूरपश्चिम विश्वविद्यालयमा शोक बिदा



आफ्ना १० विद्यार्थी इजरायलमा मारिएको शोकमा सुदूरपश्चिम विश्वविद्यालयले मंगलबार बिदा दिएको छ।

सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० विद्यार्थीले प्यालेस्टाइनको हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका थिए।


कृषि विषय अध्ययन गर्न गएका विद्यार्थी दक्षिण इजरायलको किबुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए। गत शनिबार प्यालेस्टाइनको हमास लडाकु समूहले आक्रमण गर्दा उनीहरूको मृत्यु भएको हो। केही विद्यार्थी घाइते छन्।

प्रकाशित मिति : २०८० असोज २३ गते मंगलबार