Karnali Media
२०८३ असार १८ , बिहीबार

वाइ-फाई नेपालले दशैमा इन्टरनेट जोड्ने ग्राहकका लागि ल्यायो बम्पर उपहार



इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाई नेपालले प्रयोगकर्ताहरुको लागि दशै तिहार लक्षित बम्पर उपहार सार्वजनिक गरेको छ ।

सस्तोमा स्पिड सेवा दिने उदेश्य राखेको वाइफाई नेपालले यस पर्वमा सस्तो दरमा इन्टरनेट जडान प्याकेज सार्वजनिक गरेको छ । नयाँ प्याकेज अनुसार अब एक बर्षको लागि इन्टरनेट जडान गर्दा ग्राहकहरुले मात्र ६ हजार २ सय १५ रुपैयाँमा ५० एमबिपिएस र ८ हजार ४ सय ७५ रुपैयाँमा ८० एमबिपिएस इन्टरनेट सेवा प्राप्त गर्नेछन् ।


यस्तै खल्ती तथा इसेवाबाट वाइफाई नेपालमा भुक्तानी गर्दा ग्राहकहरुले २ सय रुपैयाँ क्यासब्याक पाउँनुका साथै २ महिना थप इन्टरनेट सेवा बोनसमा पाउँन सक्नेछन् । यस्तै बम्पर उपहारमा हरेक महिना २-२ जना ग्राहकहरुले स्माटै फोन र स्मार्ट वाच पनि प्राप्त गर्ने वाईफाई नेपालले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतबार