सुर्खेत । नेकपा एमाले जिल्ला सचिवालय सुर्खेतको बैठक सम्पन्न भएको छ । आइतबार बसेको बैठकले विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको हो ।
नेकपा एमाले सुर्खेत प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाका अनुसार आजको बैठकबाट आगामी कार्तिक १३ गते नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा विजया दशमी ,शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने र सम्पुर्ण पालिका कमिटी तथा वडा कमिटीहरु लाई पनि सोही अनुसार कार्यक्रम गर्न निर्देशन गर्ने दिने निर्णय भएको छ ।
यस्तै, आजको सचिवालयक बैठकले भर्खरै सम्पन्न एमाले प्रथम कर्णाली प्रदेश अधिवेशनमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सम्पुर्ण सदस्यहरुलाई बधाई ज्ञापन गर्दै जिल्ला कमिटीमा ८ जना सदस्यहरुलाई मनोनित गर्ने निर्णय भएको र जिल्ला कमिटी सचिवालय सदस्यमा रत्नबहादुर बुढा (बिसि) र कृष्णप्रसाद गौतम मनोनीत गरेको तथा पन्चपुरी नगर संगठन कमिटीको सचीवमा तत्कालीन उपसचिव झक्कीबहादुर सिजापती र उपसचिवमा तेजबहादुर रोकाय लाई जिम्मेवारी दिइएको प्रचार विभाग प्रमुख तिमिल्सेनाले जानकारी दिए ।
नेकपा एमाले जिल्ला सचिवालय सुर्खेतको बैठकमा बोल्दै पार्टीका प्रदेश कमिटी सचिव धुर्बकुमार शाहीले आगामी योजना र समसामयिक विषयमा निर्देशन दिएका थिए। यस्तै अध्यक्ष अमृत बहादुर बिसिले बैठकमा महत्त्वपूर्ण छलफल सहित एकमत र सर्वसहमतीका साथ निर्णय भएको भन्दै सबैलाई धन्यवाद दिएका थिए।
संवाददाता । आइतबार, असोज २८, २०८० मा प्रकाशित