Karnali Media
२०८३ असार १८ , बिहीबार

कालिकोटमा जिप दुर्घटना, चालकको मृत्यु



कर्णाली कोरिडोर अन्तर्गत सिस्नेगडामा मंगलबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बाजुराबाट कालिकोट आउने क्रममा ग १ ज ५७९५ नम्बरको जीप सान्नित्रिवेणी गाउँपालिकाको सिस्नेगडामा बिहान ३ बजे दुर्घटना हुँदा चालक सक्कल शाहीको घटनास्थलमै मृत्यु भएको हो।


प्रहरीका अनुसार जीप सडकबाट करिब ५० मिटर तल कर्णाली नदीको किनारमा खसेको थियो। जीपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ।

प्रहरी टोली घटनास्थल जाँदै गरेकोजिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८० असोज ३० गते मंगलबार