Karnali Media
२०८३ असार १८ , बिहीबार

नेपालले टस जितेर हङकङ विरुद्ध ब्याटिङ गर्दै



नेपालको सिनियर राष्ट्रिय टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा आज हङकङको सामना गर्दैछ । मुलपानी क्रिकेट मैदानमा विहान ११ बजे सुरु हुने खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले यसअघि सिरिजको दुवै खेलमा पहिलो फिल्डीङ गर्ने निर्णय लिएको थियो ।


नेपालका लागि खेलमा प्रतिस जिसीले डेब्यु गर्दैछन् । त्यस्तै ललित नारायण राजवंशी पनि टोलीमा फर्केका छन् । पछिल्लो खेलबाट अभिनाश बोहोरा र श्याम ढकाललाई विश्राम दिइएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक ४ गते शनिबार