धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
आज बिहान ७ बजेर ४० मिनेट जाँदा ६ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले दिए। भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो।
भूकम्पको क्षतिको विवरण आउन बाँकी छ।
संवाददाता । आइतबार, कार्तिक ०५, २०८० मा प्रकाशित