Karnali Media
२०८३ कात्तिक २ , आइतबार

नेपाल प्रहरीले आज निःशुल्क बस सञ्चालन गर्दै



दसैँको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुईवटा मार्गमा निःशुल्क बस सेवा दिइने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार आज बिहान ८.३० बजेदेखि बेलुकी ४ बजेसम्म एउटा बस नक्सालदेखि टिचिङ चक्रपथहुँदै जावलाखेल र लगनखेल भएर फेरि नक्साल आउनेछ भने अर्को बस नक्साल हुँदै एयरपोर्ट, भक्तपुर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनः नक्साल आउनेछ ।


 

प्रकाशित मिति : २०८० कात्तिक ७ गते मंगलबार