नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको समानान्तर कमिटी विघटन भएर एउटै कमिटी पुनर्गठन भएको छ ।
पञ्चा सिंह अध्यक्ष रहेको कमिटीको उपाध्यक्षमा समानान्तर कमिटीका अध्यक्ष पवन कार्की समेटिएका छन् ।
महासचिवमा दीपेश पुन कायमै रहँदा उपाध्यक्ष, उपमहासचिव र सचिवसहित ९९ जनाको पदाधिकारीसहित २३औँ राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भएको इन्चार्ज हिमाल शर्माले जनाएका छन् ।
आयोजक समिति ९९९ सदस्यीय बनेको छ ।
सूची :
संवाददाता । बिहिबार, कार्तिक ०९, २०८० मा प्रकाशित