Karnali Media
२०८३ जेठ २५ , सोमबार

महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी भट्टराई निलम्बित



काठमाडौं । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् । हुम्लाका प्रहरी प्रमुखसमेत सहेका भट्टराईले रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो ।

उक्त आरोप लागेसँगै उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए । हाल भट्टराईको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी स्रोतले जनाएको छ ।


डीएसपी भट्टराई यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारवाही भोगेका अधिकृत हुन् । २०७७ वैशाखमा इप्रका बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो ।

प्रकाशित मिति : २०८० कात्तिक ११ गते शनिबार