सुर्खेत । पर्यटन पर्वद्धन गर्ने उदेश्यले सुर्खेतबाट यात्रामा निस्किएको रोयल इनफिल्डको राइडरहरुको टिम उपर मुस्ताङ पुगेको छ । शनिबार रोयल इनफिल्ड सुर्खेतको राइडरहरुको टिम वीरेन्द्रनगरबाट उपर मुस्ताङसम्मको यात्रामा निस्किएको थियो ।
यो समय उपर मुस्ताङको अवलोकन तथा भ्रमण गर्ने उपयुक्त समय पनि हो । पछिल्लो समय उपर मुस्ताङ आउँने पर्यटकको संख्या वृद्धि हुँदै गएको छ । प्राकृतिक र धार्मिक सम्पदाले भरिएको मुस्ताङ क्षेत्र रितिरिवाज र संस्कृतीले पनि उत्तिकै सम्पन्न रहेको छ । यहाँ आउँने हरकोही पर्यटक यहाँको सुन्दरतामा रम्ने गर्दछन् ।
यसै क्षेत्रको सुन्दरता र पर्यटकीय सम्पदाको प्रचारप्रसार र आन्तरिक पर्यटनको पर्वद्धन गर्न शनिबार सुर्खेतबाट उपर मुस्ताङसम्मको १० दिने भ्रमणको थालनी गरेको यात्रा संयोजक हिक्मतजंग शाहीले कर्णाली मिडियालाई जानकारी दिए । यो यात्राका क्रममा बाटोमा पर्ने विभिन्न पर्यटकीय सम्पदाहरुको अवलोकन र पर्वद्धन गर्दै जाने उनले बताए ।
उपर मुस्ताङ पुगेको रोयल इनफिल्ड सुर्खेतको राइडर टिमले मुक्तिनाथ मन्दिरको दर्शन पनि गरेको छ ।
यात्राका क्रममा रहेको विभिन्न पर्यटकहरुलाई सहयोग गर्दै र विभिन्न पर्यटकीय स्थानहरुको पर्वद्धन गर्दै यात्रा अगाडि बढिरहेको संयोजक शाहीको भनाइ छ ।
तस्बिरहरुः
संवाददाता । सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित