Karnali Media
२०८३ कात्तिक २ , आइतबार

ओमानसंग नेपाल ५ रनले पराजित



आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपाल ओमानसँग पराजित भएको छ। ओमानसँग नेपाल ५ रनले पराजित भएको हो।

ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन आएका नेपालका ब्याट्सम्यान विवेक यादवले ३९ रन बनाएर नेपाललाई जित तर्फ लगे पनि सम्भव हुन सकेन। ओमानका बलरले सुरुवात देखिनै दबाबमा राख्न सफल भए।

अन्तिम बलमा १५ रन बनाएर खेलिरहेका करण केसी क्याच आउट भए। अविनाश बोहराले १ रन बनाए।  नेपालका लागि सन्दीप लामिछाने २ रन, सन्दीप जोरा १२ रन, गुलशन झा ३ रन, कुशल मल्ल १० रन, कप्तान रोहित पौडेल १२ रन, सोमपाल कामी १२ रन, कुशल भुर्तेल २६ रन र आशिफ शेख ५ रन बनाएर आउट भए।


त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। ओमानका लागि कप्तान जाहिन मक्सुदले सर्वाधिक ३२ रन बनाए। निशान खुसीले २५ रन बनाउँदा ओपनर प्रतिक अथाव्ले २४ रनमा आउट भए।

नेपालका करण केसीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए।  अविनाश बोहोरा र गुल्सन झाको नाममा एक एक विकेट रह्यो।

प्रकाशित मिति : २०८० कात्तिक १६ गते बिहीबार