सरकारले १० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । गृह मन्त्रालयले मन्त्रालयअन्तर्गतका ४० जना उपसचिवको सरुवा गरेको हो । तीमध्ये १० जना सीडीओ छन् । जोरासिंह माझी कालीकोटको सीडीओबाट अध्यागमन कार्यालय बाँके सरुवा भएका छन् ।
यस्तै नारायण प्रसाद पाण्डेय बझाङको सीडीओबाट सुर्खेत जिल्ला प्रशासन कार्यालयमा सरुवा भएका छन् । गणेश नेपाली कालीकोटको सीडीओ भएका छन् । यस्तै तुलसीराम पौडेल म्याग्दीको सीडीओबाट नुवाकोटमा सरुवा हुँदा सुप्रभा ढुंगेल खनाल मनाङबाट गृह मन्त्रालय सरुवा भएकी छिन् ।
गोमादेवी चेम्जोङकोे ताप्लेजुङबाट राष्ट्रिय विपद् प्राधिकरणमा काज सरुवा भएको छ । श्रीनाथ पौडेल हुम्लाबाट गोरखा सीडीओमा सरुवा भएका छन् ।
संवाददाता । शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित