Karnali Media
२०८३ असार १७ , बुधबार

भूकम्प पीडितलाई राहतको लागि काँग्रेसले गर्‍यो प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण



नेपाली कांग्रेसले भूकम्प पीडितलाई राहत प्रदान गर्ने उद्देश्यले ५० लाख रुपियाँको चेक आज प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालागयत नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो चेक हस्तान्तरण गरेका हुन् ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका लागि ५० लाखको चेक बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चेक हस्तान्तरणमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरु सहभागी थिए ।


नेताहरुले तत्काल भूकम्प पीडितलाई उद्धार, राहत र पुनर्स्थापना गर्न आग्रह गरेका छन् । भूकम्पपछिका अवस्था अवलोकन र सहजीकरणको लागि कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मा संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको थियो ।

प्रकाशित मिति : २०८० कात्तिक २१ गते मंगलबार