Karnali Media
२०८३ असार १७ , बुधबार

मुगुमा सामुहिक हत्या प्रकरणका आरोपि १३ दिनपछि पक्राउ



मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

घटना बाहिर आएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या गरेको आरोपमा एक अभियुक्तलाई केही दिन अघि नै प्रहरीले पक्राउ गरेको हो। हत्यामा उनको संलग्नता पुष्टि भइसकेको प्रहरीको दाबी छ।

मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही पक्राउ परेका हुन्। हत्यामा अर्का एक जनाको पनि संलग्नता रहेको र उनीसँग सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ।

गोरखबहादुर मृतकका नातेदार नै हुन्।


कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका९६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो।

कात्तिक ८ गते राति नै श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

हत्या गरेपछि उक्त घरमा ताला लगाएर आरोपी भागेका थिए। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट पनि टोली खटाइएको थियो।

प्रकाशित मिति : २०८० कात्तिक २३ गते बिहीबार