सुर्खेत । कर्णाली प्रदेशमै पहिलो पटक जिल्ला प्रशासन कार्यालय सुर्खेतले गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं १० घर भई हाल अष्ट्रेलिया बस्दै आएका संजय पुरीलाई सुर्खेत प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले पहिलोपटक गैर आवासीय नागरिकता प्रदान गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारीले हस्ताक्षर गरेको गैरआवासीय नागरिकतालाई प्रजिअ सापकोटालेनै हस्तान्तरण गरेका छन् । कर्णाली प्रदेशमै पहिलो पटक जिल्ला प्रशासन कार्यालय सुर्खेतवाट गैर आवासीय नागरिकता लिएका पुरीले लामो समयपछिको गैरआवासिय नेपालीको प्रतिक्षा र नेपालको संविधानले दिएको अधिकार उपयोग गर्दै एनआरएन नागरिकता लिएको वताए । उनले आवश्यक सहयोग र सहजिकरणका निम्ति जिल्ला प्रशासन कार्यालय सुर्खेत प्रति आभार ब्यक्त गदै अवका दिनमा कर्णालीमा घर भई विभिन्न देशमा रहेका गैरआवासीय नागरिकलाई नागरिकता लिन सहज हुने वताए । पहिलो पटक नागरिकता लिदा सरकारले बनाएको नागरिकता ऐन र नियमावली अनुसारको कागजात जिल्लागत रुपमा तयार गर्न केही समस्या देखा परेपनि अवका दिनमा सहजता हुने पुरीले वताए ।
संवाददाता । बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित