चिसोका कारण जाजरकोट र रुकुम पश्चिममा १३ जनाले ज्यान गुमाएका छन् । हालसम्म जाजरकोटमा ११ र रुकुम पश्चिममा दुई जनाले ज्यान गुमाएका हुन् ।
१७ कात्तिकमा रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका पीडितहरु मंसिरको चिसोका कारण झन् समस्यामा परेका छन् । पीडितहरुमा रुघाखोकी, ज्वरो र पखालाको समस्या देखिएको छ ।
संवाददाता । शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित