सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लैङ्गिक हिंसा विरुद्धको सडक नाटक प्रदर्शन गरिएको छ । वीरेन्द्रनगरको मंगलगढी चोकमा लैङ्गिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शन गरिएको हो ।
बाल विबाह विरुद्धको साझा अभियानको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको हो । सडक नाटकमा विभिन्न पात्रहरुले हाम्रो समाजमा घट्दै आएका लैङ्गिक हिंसाका विभिन्न घटनाहरुलाई प्रस्तुत गरेका थिए । सडक नाटकबाटै लैङ्गिक हिंसा न्यूनिकरणका सवालमा सचेतना पनि प्रस्तुत गरिएको थियो ।
उक्त सडक नाटक मद्यपश्चिम विश्वविद्यालय कानुन संकायमा अध्यायनरत विद्यार्थीहरुले प्रस्तुत गरेका हुन । सडक नाटक हेर्न उपस्थितहरुले समाजको वास्तविकता नाटकबाट प्रस्तुत गरिएको र यस्ता सचेतनामूलक कार्यक्रमहरुले लैङ्गिक हिंसा न्यूनिकरणमा सहयोग पुर्याउने बताएका छन् ।
तस्बिरहरुः
संवाददाता । बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित