सुर्खेत । मेन्स रुम रिलोडेड (एमआरआर)को १२ औं बार्षिक उत्सवको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा एमआरआर लाइब्रेरीको स्थापना गरिएको छ ।
कर्णाली प्रदेशमा रहेका एमआरआरका सक्रिय सदस्यहरुको सहभागितामा वीरेन्द्रनग ३ एरिचोकमा रहेको मोक्ष थकाली किचेन (सविकको बर्गर हाउस) मा एमआरआर लाइब्रेरीको स्थापना र गरिएको हो । सुर्खेतमा रहनुहुने र पाल्नुहुने सम्पूर्ण पुस्तकप्रेमीहरुलाई लक्षित गरेर एमआरआर लाइब्रेरीको स्थापना गरिएको एमआरआरका सक्रिय सदस्य तथा मोक्ष थकाली किचेनका संचालक सुवर्ण थापाले जानकारी दिए ।
एकजना व्यक्तिले सबै पुस्तक किनेरै पढ्नुपर्ने बाध्यताको अन्त्य गर्न र एक व्यक्तिले किनेको पुस्तक धेरै जनाले पढ्न सक्ने वातावरणको सिर्जना गर्न कर्णालीमा रहेका एमआरआरका सक्रिय सदस्यहरुले आफुहरुसंग भएका पुस्तकहरु एमआरआर लाइब्रेरीमा थप्दै जाने बताइएको छ ।
एमआरआर लाइब्रेरीमा गएर हरेक व्यक्तिले निःशुल्क पुस्तकहरु पढ्न सक्नेछन् । यो लाइब्रेरीलाई एमआरआरका सदस्यहरु भेट्ने, विभिन्न छलफल गर्ने र पुस्तकहरुको अध्यायन गर्ने थलोको रुपमा विकास गरिने उदेश्य एमआरआरले लिएको छ ।
संवाददाता । सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित