सुर्खेत । रत्न राजमार्ग अन्तर्गत सुर्खेत नेपालगन्ज सडकखण्ड धुलियाबिटमा आज टायर बालेर सडक अबरुद्ध गरिएको छ ।
हिजो शनिबार साझ सुर्खेतबाट नेपालगन्ज तर्फ जाँदै गरेको युनाईटेड एजुकेशन एकेडेमी नेपालगंजको शैक्षिक भ्रमणमा आएको भे १ क ११२२ नम्बरको बसले विपरित दिशाबाट आईरहेको भे ३ प ९७४० नम्बरको मोटरसाईकलले ठक्कर दिँदा २६ बर्षिया मोटरसाईकल चालक मनोज सुनारको मृत्यु भएको थियो ।
दुर्घटनामा वीरेन्द्रनगर ११ मा मोटरसाइकल चालकको मृत्यु भएपछि उनका आफन्तहरुले अहिले वीरेन्द्रनगरको धुलियबिटमा टायर बालेर सडक अवरुद्ध गरेका छन् ।
संवाददाता । आइतबार, पुष ०१, २०८० मा प्रकाशित