Karnali Media
२०८३ असार १७ , बुधबार

दुल्लुमा अटो दुर्घटना : एक जनाको मृत्यु, घाइतेको अवस्था सामान्य



दैलेख । दैलेखको दुल्लु नगरपालिका ५ मा अटो दुर्घटना हुँदा घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

आइतबार भएको अटो दुर्घटनामा घाइते ७ जनामध्ये ३ जनालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएकोमा दुल्लु नगरपालिका १० बस्ने गौरी शाहीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको साथै अटो चालक पूर्ण बिक र अन्य घाइतेको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय दुल्लुले जनाएको छ ।


घुम्ती बाटो रहेको र तिब्र गतीका कारण अटो दुर्घटना भएको हुनसक्ने साथै सिट क्षमताभन्दा धेरै यात्रुहरु भएका कारणले पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८० पुस ९ गते सोमबार