Karnali Media
२०८३ असार १७ , बुधबार

जिल्ला अदालत दैलेखद्वारा ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद



दैलेख । जिल्ला अदालत दैलेखले ९ वर्षीय बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद सुनाएको छ । सोमबार अदालतले बालिका बलात्कार अभियोगमा ८६ वर्षीय प्रजापति रेग्मीलाई जन्मकैद सजाय सुनाएको हो ।

न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका ८ ढकाने दैलेखका ८६ वर्षीय रेग्मीले बालिकालाई बलात्कार गरेको ठहर गर्दै सजाय सुनाएको दैलेख जिल्ला अदालतले जनाएको छ ।


उक्त कसूरमा रेग्मीलाई जन्मकैद, सात लाख रुपैयाँ जरिवाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ । बालिकालाई बलात्कार गरेको आरोपमा रेग्मी २०७९ चैतमा पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०८० पुस १७ गते मंगलबार