Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

भोलिदेखि यात्रु नबोकी रेल चल्ने



काठमाण्डाै – जयनगर–कुर्था रेलमार्गमा भोलिदेखि रेल सञ्चालन गरिने भएको छ ।

उद्घाटन नभएसम्मको लागि यात्रु विनाको रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।


भोलिदेखि रेलको लिकमा हाटबजार लगाउन तथा आवतजावतमा रोक लगाइएको छ । रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ । जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ ।

२०७७ साल असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल नेपाल ल्याइएको हो । अहिले रेल धनुषाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिबार