सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत विमानस्थल विस्तारबारेको सर्वपक्षिय बैठकको निर्णय मुख्यमन्त्री राजकुमार शर्मालाई बुझाएको छ । सुर्खेत विमानस्थलको विकल्प नभएको र यो विमानस्थललाई विस्तार गर्नुपर्ने भन्दै सर्बपक्षिय सर्बदलिय बैठकको निर्णय नगरपालिकाले मुख्यमन्त्रीलाई बुझाएको हो ।
वीरेन्द्रनगर नगरपालिकामा २०८० साल पौष २४ गते भएको सर्वपक्षिय बैठक र नगर कार्यपालिकाको पौष २५ गते बसेको ३४ औं बैठकको निर्णय अनुसार विमानस्थललाई विस्तार गर्न आवश्यक समन्वय र कार्यान्वयनका लागि मुख्यमन्त्रीलाई बैठकको निर्णय बुझाएको नगरप्रमुख मोहनमाया ढकालले बताईन् । मुख्यमन्त्रीलाई बुझाएको पत्रमा सुर्खेत विमानस्थललाई सुरक्षित र भरपर्दो बनाउनका लागि विमानस्थल विस्तार गर्ने विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको प्रचलित दरभाउ मुआब्जा उपलब्ध गराउँने, सो क्षेत्रमा रहेको विद्यालयलाई भौतिक संरचना सहित सुरक्षित स्थानमा स्थानान्तरण गनर्,े सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेशका अन्य विमानस्थलमा नियममित हवाई सेवा संचालन गर्न पहल गर्ने, विमानस्थलको भौतिक संरचना निमार्णको लागि सरोकारवाला निकायसंग पहल गर्ने र निर्णय कार्यान्वयनका लागि कर्णाली प्रदेश सरकारसंग अनुरोध गर्दै संघिय सरकारसंग समन्वयका लागि पहल गर्ने भनिएको छ ।
बैठकका निर्णयहरु ग्रहण गर्दै मुख्यमन्त्री राजकुमार शर्माले विमानस्थल विस्तारमा आवश्यक पहल गर्ने बताएका छन् । प्रदेश सरकारले नीति तथा कार्यक्रम पनि सुर्खेत विमानस्थल विस्तारको विषयलाई समेटेको बताउँदै उनले विमानस्थल विस्तार गर्न आवश्यक समन्वय गर्ने बताएका छन् ।
सर्वदलिय बैठकका निर्णय मुख्यमन्त्रीलाई बुझाउँने कार्यक्रममा संघिय सांसद हृदयराम थानी, प्रदेशसभा सांसद यामलाल कँडेल, वीरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकाल, वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका वडाअध्यक्ष र निजी क्षेत्रको सहभागिता रहेको थियो ।
भिडियाे हेर्नः
संवाददाता । बुधबार, माघ ०३, २०८० मा प्रकाशित