Karnali Media
२०८३ असार १७ , बुधबार

छोरीको बलात्कारपछि बन्चरो प्रहार गरि छोराको हत्या गरेको आरोपमा फरार रहेका व्यक्ति पक्राउ



सुर्खेत । सुर्खेतको पन्चपुरी नगरपालिका वडा नम्बर ६ कुवापानीमा धारिलो हतियार बन्चरो प्रहार गरि आफ्नै छोराको हत्या गरेको आरोपमा फरार रहेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।्

कैलाली जिल्लाको टिकापुर बजारबाट आज करिब साढे १० बजेको समयमा संघिय प्रहरी कार्यालय नेपालगंजबाट प्र.नि. बुद्धि सुवेदी, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्र.ब.ना.नि.नारायण शर्मा, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी हवलदार टिकाराम आचार्य, जवान टेकराज पराजुली, नवीन योगि लगायतको संयुक्त रुपमा खटिएको प्रहरीको टोलिले उनलाई कैलालीको टिकापुर बजारबाट पक्राउ गरको हो ।

गत सोमबार बन्चरोले हानेको अवस्थामा २१ वर्षीय युवकको शव पञ्चपुरी नगरपालिका-५ मा फेला परेको थियो । बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुलेनै छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालमा कात्तिकमा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै छोराले आफ्नै बाबुविरुद्द जाहेरी दिएका थिए ।


प्रहरीमा छोराले जाहेरी दिएको थाहा पाउनसाथ बुबा फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार पीडित छोरीले बुबानै आएर दाजुको हत्या गरेको दाबी गरेकी छन् । गत असोज २७ गते १९ वर्षीया ‘६४ वीरेन्द्रनगर क ३६’ लाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । मामाघर बस्दै आएकी छोरी बुबा भारतबाट घर फर्केपछि भेट्न बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

सम्बन्धित समाचारः- बुबाले बहिनीको बलात्कार गरेको थाहा पाएपछि छोराको बन्चरोले हानेर हत्या !

प्रकाशित मिति : २०८० माघ ४ गते बिहीबार