सुर्खेत – सुर्खेतमा विपद् तथा उद्दारका बारेमा कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको छ । भुकम्प आगलागि र डुबानजस्ता ठुला बिपदहरु भैरहेको बेला कसरी सुरक्षित रहने साथै बिपदमा परेका नागरिकको उद्दार कसरी गर्ने ।
यसैका लागि आज विरेन्द्रनगर नगरपालिका वडा न ९ मा कृतिम घटना अभ्यास गरिएको छ ।
आगलागी भुकम्प र डुबान हुदा स्थानियहरुले कसरी उद्दार र सुरक्षित रहन सक्छन भनेर अभ्यास गरिएको हो ।
यसले वडालाई बिपदमा सामना गर्ने क्षमता बिकास गर्ने विरेन्द्रनगर नगरपालिका वडान ९ का वडाअध्यक्ष सुरेस मानन्धरले बताउनुभयो ।
उक्त कार्यक्रममा करिब ३५५ जनाको सहभागीता रहेको थियो । स्थानिय युवा हरुलाई नै परिचालन गरेर उक्त कार्यक्रम गरिएको थियो ।
युरोपियन युनियनको आर्थिक सहयोगमा भिएसओ, एफएससिएन, अकोराब, आयोन साझेदारिमा संचालित प्रयास परियोजना, रेडक्रस, बिरेन्द्रनगर वडा न ९ को र प्रहरिसङ्गको सहकार्यका यो कार्यक्रम गरिएको थियो ।
कृत्रिम घटनाबाट भुकम्प र आगलागीको अभ्यास गरिएकोले स्थानियलाई बिपद आउदा कसरी उद्दार तथा राहात बितरण गर्न सकिन्छ र यसको प्रक्रियाको बारेमा थाहा हुने प्रयास परियोजनाका लागि fscn का तालिम संयोजक अबिसेक ओझाले बताउनुभयो ।
यसरी कृत्रिम अभ्यासबाट सबै नागरिकलाई बिपद ब्यबस्थापनबारे सचेतना फैलाउन सकिए पुर्ब सुचना नै आउने यस्ता बिपदबाट समाजलाई सुरक्षित राख्न सकिन्छ ।
संवाददाता । मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित